इटालीलाई हराउँदै बेल्जियम पहिलोपल्ट क्वार्टर फाइनलमा


३ श्रावण २०७९, मंगलवार
euro

बेलायत । वुमेन्स युरोपेली च्याम्पियनसिपको समूह ‘डी’ को खेलमा इटालीलाई १-० ले पराजित गर्दै बेल्जियम पहिलो पटक क्वार्टर फाइनलमा पुगेको छ । सोमबार भएको खेलमा बेल्जियमकी टिने डे केगनीले ४९ औं मिनेटमा निर्णायक गोल गर्दै बेल्जियमलाई क्वार्टर फाइनलमा पुर्‍याएकी हुन् ।

बेल्जियमले युरोपेली च्याम्पियनसिपमा खेलिरहेको यो दोस्रोपल्ट हो । समूहको अर्को खेलमा मंगलबार फ्रान्स र इटालीले १-१ को बराबरी खेले । यो नतिजापछि फ्रान्स सात अंकसहित समूह विजेता बन्यो ।

बेल्जियम भने चार अंकमा दोस्रो स्थानमा रह्यो । लिग चरणका सबै तीनै खेल बराबरी खेलेको आइल्याण्ड भने तीन अंकमा सीमित रहेर प्रतियोगिताबाट बाहिरियो । इटालीको एक अंक मात्र भयो ।

यससँगै प्रतियोगिताको क्वार्टर फाइनलका सबै समीकरण पूरा भएका छन् । अब इंग्ल्यान्ड र स्पेन, स्विडेन र बेल्जियम, जर्मनी र अस्ट्रिया तथा फ्रान्स र नेदरल्याण्ड्सबीच नकआउट चरणका खेल हुनेछन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७