भत्ताका लागि ६८ बर्ष उमेर हद राख्नु चुनाव बाहेक अरु कुनै कारण छैन : ओली


६ श्रावण २०७९, शुक्रबार
28 Shares
Kp oli 2 scaled

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनाव आउँदैछ भनेर सरकारले वृद्ध भत्ताका लागि ७० वर्षबाट ६८ वर्षको उमेर हद बनाएको बताएका छन् ।

आज (शुक्रवार) पार्टीको नीति तथा अनुसन्धान प्रतिष्ठानले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले वृद्ध भत्ता पाउन सरकारले दुई वर्ष उमेर घटाएर ६८ वर्ष राख्नु चुनाव बाहेक अन्य कुनै कारण नभएको बताए । उनले यस सम्बन्धमा त्यसबाहेक अन्य कुनै ‘लजिक’ छ भनी सरकारलाई प्रश्न समेत गरेका छन् ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

उनले भने, ‘अहिले ७० बाट ६८ बनाउनुको इज दियर एनि लजिक ? चुनाव आउँदैछ भन्नेबाहेक अन्य केही छ लजिक ? यतापट्टि धेरै नजाऊ । अहिले त मैले धेरै कुरा भनिरहनु पर्लाजस्तो लाग्दैन ।’

अध्यक्ष ओलीले कांग्रेस नेतृत्वको विगतका सरकारप्रति सङ्केत गर्दै देशको उद्योग धन्दा निजी क्षेत्रलाई कौडीको मूल्यमा बेचेर देशलाई कङ्गाल बनाएको पनि आरोप लगाए । उनले आफू नेतृत्वको अघिल्लो सरकारले निजी क्षेत्रलाई साथ लिएर कृषि क्षेत्रको उत्पादन वृद्धि र राष्ट्रिय उद्योगहरूको प्रवर्द्धनलाई बढावा दिने नीति लिएको दाबी गरेका छन् । ओलीले आफू नेतृत्वको अघिल्लो सरकारले देशको समृद्धिका लागि स्पष्ट बाटो लिएको स्मरण गर्न पनि विज्ञहरूलाई आग्रह गरेका छन् ।

jagdamba.cement
rbbbb

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७