यातायातमन्त्री राईको गाडी ट्राफिक कारवाहीमा


९ श्रावण २०७९, सोमबार
istiyak

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मत इश्तियाक राईको गाडीलाई ट्राफिक प्रहरीले जरिवाना तिराएको छ । आज (सोमबार) बिहान ललितपुरको जावलाखेलस्थित निषेधित क्षेत्रमा पार्किङ गरिएको अवस्थामा जरिवाना तिराएको हो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका सहायक प्रवक्ता प्रहरी नायव उपरिक्षक बाल नरसिंह राणाका अनुसार बा २२ च २५८३ नम्बरको निजी गाडीलाई एक हजार रुपैयाँ जरिबाना तिराइएको हो । पार्किङ निषेधित क्षेत्रमा पार्क गर्ने सवारीलाई जरिबाना तिराउँदै आएको उनले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७