प्रहरीकै अगाडि सिंहदरबार गेटमा महान्यायाधिवक्ताको कार्यालयका उपसचिवको ‘तान्डव’


९ श्रावण २०७९, सोमबार
Office of Attorney General

काठमाडौं : महान्यायाधिवक्ताको कार्यालयका उपसचिव बुद्धि श्रेष्ठले संसद सचिवालयमा कार्यरत गाडी चालक हरिराम रुपाखेतीलाई कुटेका छन् । उपसचिव श्रेष्ठले सिंहदरबार गेटमा प्रहरीकै अगाडी चालक रुपाखेतीलाई कुटेका हुन् ।
उपसचिव श्रेष्ठले रुपाखेतीलाई ‘म चढ्ने बेलामा किन अगाडि बढाएको भन्दै’ सिंहदरबार गेटमा प्रहरीकै अगाडि कुटेका हुन् ।

श्रेष्ठले कुटेपछि पनि ‘सल्लाघारीमा मान्छे लाएर पिटाउँछु’ भनेर धम्की समेत दिएका चालक रुपाखेतीले बताए । रुपाखेतीले भने भने, ‘उहाँ कहाँबाट चढ्नु भो थाहा भएन । यहाँ (सिंहदरबार गेट) आइपुगेपछि म चढ्ने बेलामा किन अगाडि बढाएको भन्दै निहुँ खोजे । त्यतिबेला गाडीमा ३–४ जना हुनुहुन्थ्यो । बढी हुन्छ्स् भन्दै कुट्नु भो । कुट्न थालेपछि अरुले गइहाल्नुस् भनेर उहाँ (उपसचिव) लाई भगाइदिए । प्रहरीले पनि देखे, केही गरेनन् । के भो भन्दै रु मलाई नै सोधे । हामी साना मान्छेलाई यस्तै हुँदो रहेछ ।’

रुपाखेती संसद सचिवालयमा १० वर्षदेखि कार्यरत छन् । संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डे सचिवालयका ड्राइभरलाई महान्यायाधिवक्ताको कार्यालयका उपसचिव श्रेष्ठले थप्पड हानेको उल्लेख गर्दै कानुनी प्रक्रियामा जाने तयारी गरिएको बताए ।

‘बस चढ्न रोक्दा ठाउँमा रोकेनन् भनेर त्यही गाडीमा चढेर आएर झर्ने बेलामा ड्राइभरलाई थप्पड हानेर हिँडेछन्,’ प्रवक्ता पाण्डेले भने, ‘अब थप्पड हान्ने उपसचिवविरुद्ध प्रक्रियामा जान्छौं । प्रहरीमा उजुरी दिने तयारी गर्दैछौँ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७