युक्रेनको ओडेसामा रुसको पुनः आक्रमण


११ श्रावण २०७९, बुधबार
ukr 2

किभ । रूसले युक्रेनको ब्ल्याक सीमामा पुनः आक्रमण गरेको छ । ओडेसा र माइकोलाइभलाई निशाना बनाएर रूसले हवाई आक्रमण गरेको युक्रेनी सेनाले बताएको छ ।

देशको दक्षिणी तटमा निजी भवन र बन्दरगाह पूर्वाधारमा क्षेप्यास्त्र आक्रमण भएको छ भने ओडेसा क्षेत्रका तटीय गाउँका धेरै निजी भवनमा प्रहार भएको छ । ओडेसा बन्दरगाहबाट खाद्यान्न ढुवानी पुनः शुरु गर्न मस्को र किएभ सहमत भएको एक हप्ता पनि नबित्दै रूसले बन्दरगाह पूर्वाधारलाई लक्षित आक्रमण बढाएको हो ।

रूसी विदेशमन्त्री सर्गेई लाभरोभले युक्रेनसँगको युद्ध अन्त्यका लागि वार्ता गर्न मस्को तयार रहेको दोहोर्‍याएका छन् । तर उनले युक्रेनका सहयोगी पश्चिमा देशले त्यो नचाहेकोे दाबी समेत गरेको समाचार संस्था एएफपीले जनाएको छ । रूसी विदेशमन्त्री लाभरोभ युगान्डा भ्रमणमा छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७