मुख्यमन्त्री राजेन्द्र राई सहित पत्नी र राजनीतिक सल्लाहकारलाई कोरोना संक्रमण


१७ श्रावण २०७९, मंगलवार
CM Rajendra Rai and Team

विराटनगर : प्रदेश नम्बर १ एका मुख्यमन्त्री राजेन्द्र राईलाई कोरोना संक्रमण भएको छ । मुख्यमन्त्री राई सहित उनकी पत्नी सोभा पाठक र प्रमुख राजनीतिक सल्लाहकार जीवन राईलाई कोरोना कोरोना संक्रमण भएको हो ।

मुख्यमन्त्री राईकी पत्नी पाठकलाई कोरोना संक्रमणको लक्षण देखिएपछि परिक्षण गर्दा कोरोना पुष्टी भएको मुख्यमन्त्री कार्यालयले जनाएको छ । मुख्यमन्त्री कार्यालयका १६ जनालाई परिक्षण गर्दा तीन जनालाई पुष्टी भएको हो ।

तिनै जनाको स्वास्थ्य सामान्य रहेको र भेघाट बन्द गरिएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार बन्धु पोखरेलले बताए ।

CM Rajendra Rai

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७