नेपाल बंगलादेशसँग बराबरी, फाइनलमा पुग्न भारतको खेल कुर्नुपर्ने


१७ श्रावण २०७९, मंगलवार
1659443116 nepal vs bangladesh 1200x560 1

काठमाडौँ । समूह चरणको आफ्नो अन्तिम खेलमा बंगलादेशसँग १-१ गोलको बराबरीमा रोकिएसँगै साफ य- २० च्याम्पियनसिपको फाइनल प्रवेशका लागि नेपालले भारतको खेल कुर्नपर्ने भएको छ ।

भारतको भुवनेश्वरस्थित कालिङ्गा रंगशालामा भएको खेलमा बराबरी खेलेसँगै बंगलादेशले फाइनल स्थान सुरक्षित गरेको छ । अब, नेपाल र भारतमध्ये एक टोली फाइनल पुग्ने छन् ।

समूह चरणको अन्तिम खेलमा आज साझ सवा ७ बजे भारत र माल्दिभ्स भिड्दै छन् जुन खेलमा भारत पराजित भए नेपाल फाइनल पुग्नेछ । यदि भारतको जित या बराबरले भने भारत नै लगातार फाइनलमा स्थान बनाउने छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७