बैंक अफ काठमाण्डूले जिते मेलम्चीको मुद्दा, १ अर्ब २ करोड रुपैयाँ फिर्ता पाउने


१७ श्रावण २०७९, मंगलवार
bank of kathmandu bok XU1Y77KMNy

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको बैंक ग्यारेन्टी विवाद सम्बन्धि मुद्दाको अन्तिम फैसला नेपाली बैंकको पक्षमा आएको छ । यसबाट बैंक अफ काठमाण्डूले कम्तिमा १ अर्ब २ करोड रुपैयाँ फिर्ता पाउने भएका छन् ।

मेलम्ची खानेपानी आयोजनाको ठेकेदार चाइना रेल्वेका लागि चाइना कन्स्ट्रक्सन बैंकको तर्फबाट काउन्टर ग्यारेन्टी प्राप्त गरी सो वापत मेलम्ची खानेपानी आयोजनाको नाममा अग्रिम भुक्तानी जमानत जारी गरेको बैंक अफ काठमाण्डू लिमिटेडले उक्त जमानत सम्बन्धी परेको भुक्तानीसम्बन्धी मुद्दा जितेको छ ।

मेलम्ची खानेपानी आयोजनाको ठेक्का पाएको चाइना रेल्वेकाका तर्फबाट ग्यारेन्टी बसेको चीनको बैंक चाइना कन्स्ट्रक्सन बैंकले बैंक अफ काठमाण्डू लिमिटेडलाई काउन्टर ग्यारेन्टी दिएको थियो ।
यो फैसलासँगै बैंकले काउन्टर ग्यारेन्टी वापतका मेलम्ची खानेपानी आयोजनालाई भुक्तानी गरिदिएको अमेरिकन डलर ६६ लाख २५ हजार १० र युरो १४ लाख ११ हजार ४५३ बापतको रकम बैंक अफ काठमाण्डू लिमिटेडले फिर्ता पाउने बैंकका प्रमुख कार्यकारी अधिकृत श्रवण मास्केले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७