३० हजार घुससहित राजश्वकी अधिकृत पक्राउ


१८ श्रावण २०७९, बुधबार

काठमाडौं । आन्तरिक राजश्व कार्यालय, महाराजगञ्नमा कार्यरत कम्प्युटर अधिकृत बिन्दु प्रधान श्रेष्ठ ३० हजार रुपैयाँ घुससहित पक्राउ परेकी छिन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई बुधबार ३० हजार घुससहित कार्यकक्षबाटै पक्राउ गरेको हो ।

मंगलबार मात्र आयोगले पर्यटन मन्त्रालयका उपसचिव प्रमोद नेपाललाई घुससहित पक्राउ गरेको थियो । उनीसँग ६ लाख घुस र बाँकी १६ लाख ५० हजार स्रोत नखुलेको पैसा बरामद भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७