प्रहरीको विशेष ब्युरो युरेनियम खोजीमा


२० श्रावण २०७९, शुक्रबार
Nepal Police

काठमाडौं : नेपालमा युरेनियम रहेको सूचनासँगै नेपाल प्रहरीको विशेष ब्युरोले खोजीमा सक्रिय भएको छ । भारतीय सुरक्षाकर्मीको एउटा टोली नेपालमै आएर युरेनियमको खोजी गर्न थालेपछि नेपाल प्रहरीको विशेष ब्युरोले पनि सक्रियता देखाएको हो।

असार अन्तिम साता भारतीय प्रहरीको सेन्ट्रल ब्युरो अफ इन्भेस्टिगेसन (सिबिआई) र भारतीय गुप्तचर निकाय रिसर्च एन्ड एनालिसिस विङ ९रअ० को ६ सदस्यीय टोली नेपाल आएर युरेनियम खोजीमा जुटेको थियो। भारतीय सुरक्षा अधिकारीले नेपालमा २७ केजी युरेनियम रहेको दाबी गरेका छन्। भारतीय टोलीले युरेनियम फेला नपारेपछि नेपाल प्रहरीको टोली त्यसको खोजीमा सक्रिय भएको हो।

सशस्त्र प्रहरी बलको इन्टेलिजेन्स ब्युरोका अधिकारीले यो विषयमा आफूहरू नलाग्ने बताएपछि भारतीय सुरक्षा अधिकारीले नेपाल प्रहरीको विशेष ब्युरोलाई अनुसन्धानमा सघाउन आग्रह गरेको स्रोतको दाबी छ।

मोरङ जिल्ला प्रहरी कार्यालयले बरामद गरेको युरेनियमजस्तो देखिने पदार्थको रिपोर्ट नआउँदासम्म नेपालमै रहेको भारतीय सुरक्षा अधिकारीको टोली खानी तथा भूगर्भ विभागले मोरङ प्रहरीलाई रिपोर्ट दिएपछि स्वदेश फर्केको थियो। खानी तथा भूगर्भ विभागले साउन १० गते मोरङ प्रहरीलाई रिपोर्ट पठाएको थियो।

विभागले त्यस सम्बन्धमा मोरङ प्रहरीलाई रिपोर्ट दिएपछि भारतीय सुरक्षा अधिकारीको टोली १२ गते स्वदेश फर्केको थियो। नेपालबाट एउटा गिरोह/समूहले भारततर्फ युरेनियम पठाउन लागेको सूचना पाएपछि भारतीय सुरक्षा अधिकारीको टोली नेपाल आएको थियो। स्रोतका अनुसार भारतीय सुरक्षा अधिकारीले युरोनियको नमुनासमेत पाएका थिए।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७