नेता र मन्त्रीहरू नै भ्रष्टाचारमा लिप्त : रवि लामिछाने


२१ श्रावण २०७९, शनिबार
Rabi Lamichane

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले ठूला पार्टीका नेताहरूले नै भ्रष्टाचारीहरुलाई संरक्षण दिइरहेको बताएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीको लुम्बिनी प्रदेशको भेलालाई आज (शनिबार) बुटवलमा सम्बोधन गर्दै उनले देशका ठूला दलका नेता र मन्त्रीहरू नै भ्रष्टाचारमा लिप्त रहेको आरोप लगाए । देशको ढुकुटी रोक्न पनि आउँदो निर्वाचनमा ठूला दलहरूलाई पाखा लगाउनुपर्ने उनले बताएका छन् ।

उनले ठूला पार्टीहरूले जनतालाई आश्वासन बाँडेर सत्तामा पुगेपछि देशको ढुकुटी सकेको आरोप लगाए । ठूला दलका नेताहरूले जनताले गर्व गर्न लायक काम एउटा पनि नगरेको भन्दै उनले खेद प्रकट गरे । ठूला दलका नेताहरूलाई आउँदो मंसिर ४ गतेको निर्वाचनमा जनतासँग भोट माग्ने नैतिकता नभएको उनको भनाइ छ ।

अध्यक्ष लामिछानेले आफूहरू २४ सै घण्टा नागरिकको समस्या सुन्ने वातावरण बनाउने तयारीमा लागेको भन्दै भ्रष्टाचारलाई न्यूनीकरण गर्न, जनताको असली शासन व्यवस्था ल्याउन आफू राजनीतिमा आएको जिकिर गरे । उनले विदेशमा रहेका नेपालीलाई समेत मतदानको अधिकार सुनिश्चित गर्नुपर्ने बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७