जबरासँग बयान लिनुपर्छ : सांसद सुवाल


२२ श्रावण २०७९, आईतवार
prem suwal
फाइल फोटो

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले जबरासँग उनीमाथि लागेको आरोपका सम्बन्धमा बयान लिनुपर्ने बताएका छन् । उनले महाअभियोगको सिकार भएका प्रधानन्यायाधीशको फैसलाले प्रतिनिधिसभा पुनः स्थापना भएको र प्रधानमन्त्री नियुक्त भएको भन्दै यसमा नैतिक प्रश्न उठेको उल्लेख गरे ।

सत्ता साझेदार नेकपा (माओवादी केन्द्र) की सांसद चाँदतारा कुमारीले न्यायपालिकाको भ्रष्टाचार, विकृति र विसंगति हटाउन महाअभियोग लगाउनुपरेको बताएकी छन् । आइतबार प्रतिनिधिसभा बैठकमा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग प्रस्तावमाथिको छलफलका क्रममा उनले जबराले संवैधानिक जिम्मेवारीको दुरुपयोग गरेको आरोप लगाइन् ।

जबराले असंवैधानिक काम गरेको भन्दै सर्वोच्च अदालतमा बिचौलियालाई प्रवेश गराएका कारण पनि महाअभियोग आवश्यक भएको उनको तर्क छ । राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले जबराविरुद्धको महाअभियोग प्रस्ताव सत्तापक्ष र प्रतिपक्षको साझा भएको बताइन् । उनले जबरामाथि महाअभियोग लगाउनुको विकल्प नभएको दावी गरिन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७