गठबन्धन सरकार ‘अलच्छिना’ र ‘विनाशकारी’ : ओली


२२ श्रावण २०७९, आईतवार
KP Sharma Oli

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकार ‘अलच्छिना’ सरकार भएको आरोप लगाएका छन् । नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठन नेपालले आज (आइतबार) आयोजना गरेको कार्यक्रमलाई बोल्दै अध्यक्ष ओलीले गठबन्धन सरकार अलच्छिना र विनाशकारी भएको आरोप लगाएका हुन् ।

‘गठबन्धन सरकार अलच्छिना सरकार हो । उनले थपे, ‘आज मैले एउटा आर्टिकल पढेको थिएँ, यो गठबन्धन सरकार भनेको अलच्छिना सरकार लेखेको छ । हो, यो अल्छिन सरकार हो । यो विनाशकारी सरकार हो ।’ उनले एक वर्षको अवधिमा देशको अर्थतन्त्र र विकास डामाडोल भएको बताए ।

उनले एमाले सरकारको पालामा बन्दै गरेका पुल बाहेक यो सरकारले कुनै बाटोघाटो, सडक, पुल बनाउन नसकेको आरोप लगाएका । उनले भने, ‘एउटा पुल पनि बनेको छैन । केही पनि थपिएको छैन । बन्दै गरेको पुल बाहेक केही बनेको छैन । तैपनि बजेट थपेको छ ।’

उनले गठबन्धन सरकारले देशको अर्थतन्त्रलाई ओरालो लगाएको समेत आरोप लगाए । उनले गठबन्धन सरकारको अस्तित्व नै समाप्त भएकाले अब सरकारमा एमाले आउनु पर्ने बताए । उनले अस्तित्व सकिएपछि गठबन्धनमा आवद्ध दलहरु एमालेविरुद्ध लागेको बताए । उनले संघ र प्रदेश सभा निर्वाचनमा एमाले बहुमतका साथ अघि आउने दावी गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७