प्रमुख इन्जिनियर शिवजी प्रसाद राय सहित ५ जना विरुद्ध भ्रष्टचार मुद्दा दायर


२३ श्रावण २०७९, सोमबार

काठमाडौं : अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पूर्वाधार विकास कार्यालय, रौतहटका तत्कालीन निमित्त कार्यालय प्रमुख इन्जिनियर शिवजी प्रसाद राय सहित ५ जना विरुद्ध भ्रष्टचार मुद्दा दायर गरेको छ ।

सर्लाहीको रामनगर गाउँपालिका, वडा नं ६ स्थित मलघट्टा चोकदेखि गोडैता नगरपालिकाको रामवन चोकसम्मको सडक स्तरोन्नति गर्ने कार्यमा भ्रष्टचार भएको भन्दै अख्यिारले प्रमुख इन्जिनियर राय सहित लेखा अधिकृत र निर्माण कार्य उपभोक्ता समितिका अध्यक्ष सहित ५ जना विरुद्ध सोमबार भ्रष्टचार मुद्दा दायर गरेको हो ।

प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालयबाट बजेट बिनियोजन भई उपभोक्ता समितिलाई जिम्मा दिएकोमा उनीहरुले इस्टिमेट अनुसार सडक नबनाई सम्पूर्ण रकम निकास गरी हिनामिना गरेको अख्यितारले जनाएको छ ।

विज्ञप्तिमा अख्यिारले भनेको छ, ‘प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालयबाट बजेट बिनियोजन भई उपभोक्ता समितिलाई जिम्मा दिएकोमा निजहरुले इस्टिमेट अनुसार सडक नबनाई सम्पूर्ण रकम निकासा गरी हिनामिना गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा उक्त सडक निर्माणमा गैरकानूनी लाभ वा हानी र्पुयाउने बदनियतले कार्य गर्ने देहायका व्यक्तिहरु उपर देहायबमोजिम सजाय हुन मागदावी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र दफा ३५ तथा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम आज विशेष अदालत, काठमाडौंमा आरोप–पत्र दायर गरिएको छ ।’

Nepal CIA
Nepal 2

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७