तनहुँका पाँच पालिकामा आज सार्वजनिक बिदा


२४ श्रावण २०७९, मंगलवार
sarbajanik bida

तनहुँ । २८औं विश्व आदिवासी जनजाति दिवसका अवसरमा मंगलबार तनहुँका पाँच वटा स्थानीय पालिकाले सार्वजनिक बिदा दिएका छन् ।

जिल्लाका तीन नगरपालिका र दुई गाउँपालिका कार्यालयले साउन २४ गते (आज) मंगलबार सार्वजनिक बिदा दिएका हुन् । जिल्लाका १० पालिकामध्ये व्यास नगरपालिका, भानु नगरपालिका, शुक्लागण्डकी नगरपालिका, ऋषिङ गाउँपालिका र म्याग्दे गाउँपालिकाले सार्वजनिक बिदा दिएका छन् ।

विश्व आदिवासी जनजाति दिवसका अवसरमा स्थानीय बिदा दिने निणर्यअनुरूप सार्वजनिक बिदा दिइएको व्यास नगरपालिका कार्यालयका नगर प्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिए । बिदा दिइएका पालिकामा अत्यावश्यक बाहेक कार्यालय, वडा कार्यालय, सेवा कार्यालय, आधारभूत स्वास्थ्य कार्यालयलगायतका सबै सङ्घसंस्था बिदा हुने उनले बताए ।

त्यसैगरी नगरपालिकाभित्रका सबै विद्यालय, पालिकाभित्र सञ्चालित बैंक तथा वित्तीय संस्था तथा निजी सङ्घसंस्था र निकायहरूलाई समेत सार्वजनिक बिदा दिइएको छ । आदिवासी जनजातिहरूको बाहुल्य रहेको क्षेत्र भएका कारण सार्वजनिक बिदा दिइएको ऋषिङ गाउँपालिकाका प्रवक्ता विजय दरैले जानकारी दिए ।

जिल्लाका पाँच पालिकाहरुले सार्वजनिक बिदा दिएकोप्रति आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद् तनहुँकी जिल्ला अध्यक्ष बसुन्धरा घर्तीले आभार व्यक्त गरेकी छन् । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७