८६८ मा कोरोना संक्रमण, तीन जनाको मृत्यु


२५ श्रावण २०७९, बुधबार
korona 1

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ८६८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी ६ हजार सात सय पाँच जनाको नमुना परीक्षण गर्दा आठ सय ६८ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यही अवधिमा चार सय १४ जना कोरोना सङ्क्रमित निको भएका छन् । पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणका कारण तीन जनाको ज्यान गएको छ । अहिले नेपालमा पाँच हजार आठ सय ८५ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् ।
यसैबीच पछिल्लो २४ घण्टामा एक लाख ३८ हजार आठ सय ४० जनाले कोरोनाविरुद्धको खोप लगाएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७