एनएमबी बैंकले भित्र्यायो ३ अर्ब १७ करोड, तरलता समस्याको हल हुने अपेक्षा


२६ श्रावण २०७९, बिहीबार

काठमाडौं । एनएमबी बैंकले ३ अर्ब १७ करोड ५० लाख रुपैयाँ बराबरको विदेशी मुद्रा भित्र्याएको छ । बैंकले इन्टरनेसनल फाइनान्स कर्पोरेशन (आईएफसी) बाट कर्जाको रुपमा २ करोड ५० लाख अमेरिकी डलर भित्र्याएको हो ।

बिहीबार राजधानीमा आयोजित कार्यक्रममा एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनिल केसी र आईएफसीका दक्षिण एशिया क्षेत्रीय निर्देशक हेक्टर गोमेज आङबीच ऋणपत्र सम्झौतामा हस्ताक्षर भयो ।

प्राप्त कर्जासँगै बैंकले हाल तरलता (लगानीयोग्य रकम) को समस्याबाट केही हदसम्म सहजता मिल्ने बताएको छ । यस्तो कर्जा मुलुकको आर्थिक सम्बृद्धिका लागि साना घरेलु तथा मझौला उद्योगको क्षेत्रमा प्रवाह गरिने बैंकले जनाएको छ ।

बैंकले तेस्रो पटक यसरी विदेशी कर्जा लगानी भित्र्याएको हो । यसअघि नै एनएमबीले दुई पटक गरी ५ अर्ब रुपैयाँ बराबरको विदेशी मुद्रामा कर्जा लगानी भित्र्याइसकेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७