गर्भवती श्रीमतीको घाँटी थिचेर हत्या


२७ श्रावण २०७९, शुक्रबार
hatya

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका-२३ इटियाहीमा एक श्रीमानले श्रीमतीको घाँटी थिचेर हत्या गरेका छन् । शुक्रबार बिहान २६ वर्षीय दिनेशप्रसाद यादवले आफ्नी २३ वर्षीया श्रीमती प्रतिमा कुमारी यादवको घाँटी थिचेर हत्या गरेको प्रहरीले जनाएको छ ।

बिहान ३/४ बजेको समयमा घरमै श्रीमतीको हत्या गरेको आरोपमा दिनेशलाई प्रहरीले पक्राउ गरेको पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक प्रहलाद कार्कीले जानकारी दिएका छन् । घरबाटै पक्राउ परेका आरोपित दिनेशले प्रहरीलाई दिएको बयानमा श्रीमती प्रतिमाको अर्को केटासँग सम्बन्ध रहेको शंकाको आधारमा घाँटी थिचेर मारेको प्रहरी नायब उपरिक्षक कार्कीले बताए ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

गत वर्षको बैशाखमा पर्साको पकाहा मैनपुर गाँउपालिका-६ निवासी धोरे निवासी प्रतिमाको दिनेशसँग मागी विवाह भएको थियो । प्रहरीले घटनास्थलमा पुगेर मुचुल्का उठाएर मृतक प्रतिमाको शव पोष्टमार्टनका लागि नारायणी अस्पतालमा पठाएको प्रहरी नायब उपरिक्षक कार्कीले बताए । मृतक प्रतिमाको पाँच महिनाको गर्भ रहेको केटी पक्षले बताएका छन् ।

city
ncll 2
jagdamba.cement
nepal liquors

प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७