शेयर बजार ‘राताम्मे’, झण्डै २८ अंकले घटेर दुई हजार विन्दु नजिकै


२९ श्रावण २०७९, आईतवार
share market गिरावट

काठमाडौँ । शेयर बजार आज (आइतबार) लगातार पाँचौँ दिन पनि घटेर राताम्मे भएको छ । शेयर बजार परिसूचक नेप्से आज आइतवार २७ दशमलव ९२ अङ्कले घटेर दुई हजार १० दशमलव शून्य एक विन्दुमा झरेको छ ।

सबै समूहको शेयर घटेकोमा उत्पादन, जीवन बीमा, विकास बैंक र जलविद्युत् समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । नेप्सेसँगै कारोबार संख्या र रकममा पनि निरन्तर कमी आउन थालेको छ । आज दुई सय २७ वटा कम्पनीको ४५ लाख ९ हजार कित्ता शेयर एक अर्ब ८७ करोड ३२ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै हिमालयन डिस्टिलरीको १६ करोड ५३ लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज गुराँस लघुवित्तको शेयर सात प्रतिशत र हिमालयन डिस्टिलरीको शेयर ६ प्रतिशतले घटेको छ । समग्रमा बजार राताम्मे हुँदा पनि अपर हेवाखोला जलविद्युतको शेयर आठ प्रतिशतले बढेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७