एनआईसी एशिया बैंकद्वारा दुर्घटना बीमाबापत ग्राहकका परिवारलाई ३० लाख रुपैयाँ भुक्तानी


३० श्रावण २०७९, सोमबार
Photo of PR on handing over of NPR 3 million to 3 customers as insurance claim HCE97Y4PLh

काठमाडौं । एनआईसी एशिया बैंकले सर्वश्रेष्ठ बचत खाता योजना अन्तर्गत बैंकका विभिन्न शाखामा बचत खाता खोलेका ३ जना ग्राहकहरूको दुर्घटनामा परि मृत्यु भएकाले ग्राहकलाई उपलब्ध गराइएको बीमा लाभ अन्तर्गत मृतक खातावालका परिवारलाई बीमा वापत प्रतिव्यक्ति रू. १० लाखको दरले ३० लाख रुपैयाँ बीमा रकम भुक्तानी गरेको छ ।

बीमा लाभ प्राप्त गर्नुहुनेमा यस बैंकको त्रिपुरेश्वर शाखामा केएमसी एम्बास्टर बचत खाता खोलेका स्व। शिव प्रसाद सुवेदीको पत्नी लक्ष्मी ढकाल, ग्वार्को शाखामा सर्वश्रेष्ठ सहज बचत खाता खोलेका स्व। टंक प्रसाद घिमिरेको पत्नी डिली मै घिमिरे र सुदूरपश्चिम प्रदेश साँफेबगर शाखामा सर्वश्रेष्ठ बचत खाता ‘एम्बेसडर’ श्रेणीको खाता खोलेका स्व। ज्ञान बहादुर चौधरीको पत्नी अनिता चौधरी छन् ।
उनीहरुको हिताधिकारीहरुलाई बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठीज्यू र सुदुरपश्चिम प्रदेश प्रमुख सुवास जोशीज्यूले फरक फरक कार्यक्रमका बीच बीमा रकम बराबरको चेक हस्तान्तरण गरे ।

बैंकले सो बीमा रकम नेपाल इन्स्योरेन्ससँगको सहकार्यमा भुक्तानी गरेको हो ।

यस बैंकको बचत खातामा उपलब्ध बीमा सुरक्षण योजनाअन्तर्गत हालसम्म देशभरका १४६७ जनाभन्दा बढी ग्राहकहरूले घातक रोग बीमा वापत रू. २ करोड ४० लाख, दुर्घटना बीमा वापत रू. ७० लाख र मेडिकल बीमा वापत रू. ३ करोड ३ लाख गरी कुल रू. ६ करोड १३ लाख भन्दा बढी बीमा रकम प्राप्त गरिसकेका छन् ।

बैंकले निक्षेप रकमको १० गुणासम्म मुद्दती रकम फिर्ता हुने उच्च प्रतिफलको साथमा ४ जनालाई ५ वर्षको लागि रू. ८४ लाखसम्मको बीमा सुविधा रहेको ‘एन आई सी एशिया सर्वश्रेष्ठ १० गुणा मुद्दती योजना’ सार्वजनिक गरेको छ ।

साथै सर्वाधिक उच्च ब्याजदर, पाँच वर्षसम्म निःशुल्क रू. ८४ लाखसम्मका ३ बीमा ९१८ वटा घातक रोगहरूको बीमा, दुर्घटना बीमा र मेडिकल बीमा) सम्बन्धी सर्वश्रेष्ठ फाइदाहरू, ३ कर्जा सम्बन्धी सर्वश्रेष्ठ फाइदाहरू र १८ अन्य अतुलनीय सर्वश्रेष्ठ फाइदाहरू गरी कुल २४ सर्वश्रेष्ठ फाइदाहरू भएको सर्वश्रेष्ठ बचत खाता योजना ल्याएको छ ।

यस बचत योजना अनुसार ग्राहकले प्राप्त गर्ने बीमा, कर्जा सम्बन्धी सुविधाहरू लगायत डेबिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, क्रेडिट कार्ड, प्रिपेड डलर कार्ड, डिम्याट खाता, मेरो शेयर खाता, ई–कमर्श नवीकरण, चेक क्लियरिङ, आरटिजिएस, आइपिएस÷सी आइपिएस÷फन्ड ट्रान्सफर, लकर मार्जिन, लकर सेवा र एटिएम सेवाहरू ग्राहकले मनोनित गरेका अन्य ३ व्यक्तिहरूका लागि समेत पाँच वर्षको लागि पूर्ण रुपमा निःशुल्क हुने व्यवस्था बैंकले गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७