प्रचण्डले भने, ‘म र बाबुराम सँगै उभिने कुराको धेरै ठूलो अर्थ छ’


३१ श्रावण २०७९, मंगलवार
prachanda baburam

काठमाडौं । सत्ता साझेदार नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू र डा. बाबुराम भट्टराई एक ठाउँमा उभिएको बताएका छन् ।

आज (मंगलबार) पेरिसडाँडामा पत्रकारसँगको संक्षिप्त कुराकानीका क्रममा उनले आफू र बाबुराम सँगै उभिने कुराको धेरै अर्थ रहेको पनि बताएका छन् ।

‘बाबुराम र प्रचण्ड सँगै उभिने कुराको धेरै ठूलो अर्थ छ । अब हामी उभियौँ । कसैले रोकेर रोकिँदैन । यद्यपि अहिले नै पार्टी एकता भएको त छैन । तर चुनावपछि एउटै केन्द्र बनाउने सहमति भएको छ’, उनले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७