माओवादीको स्थायी कमिटी बैठक स्थगित, आजै ४ बजे फेरि बस्ने


२ भाद्र २०७९, बिहीबार
mao 2

काठमाडौँ । सत्तारुढ नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक अपराह्न ४ बजे सम्मको लागि स्थगित भएको छ । बिहान ९ बजेको लागि बोलाइएको बैठक तयारी नपुगेको भन्दै ४ बजेसम्मको लागि सारिएको हो ।

सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक पनि आजै बिहान बस्ने भएकोले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको समय अभाव र स्थायी कमिटीका बाँकी सदस्य चयनमा थप गृहकार्य गर्नुपर्ने भएकोले बैठक दिउँसोको लागि सारिएको कार्यालय स्रोतले जानकारी दिएको छ । यसअघि बुधबार बसेको स्थायी समिति बैठकले पदाधिकारी र स्थायी समितिका सदस्य बिहीबार टुंग्याउने निणर्य गरेको थियो ।

माओवादीको आठौं महाधिवेशन सकिएको सात महिना पूरा भइसक्दा पनि अहिलेसम्म पदाधिकारी, स्थायी कमिटी चुनिन सकेको छैन् भने पोलिटब्यूरो र केन्द्रीय समितिले पूर्णता पाउन सकेको छैन् ।

मुख्यगरी, महासचिव कसलाई बनाउने भन्ने निर्णय लिन नसक्दा पदाधिकारी चयनको विषय सकस बन्दै गएको थियो । माओवादीको विधान अनुसार अध्यक्ष १ जना, बरिष्ठ उपाध्यक्ष १ जना, अन्य उपाध्यक्षहरु, महासचिव १ जना, उपमहासचिवहरु, सचिवहरु, कोषाध्यक्ष र सदस्यहरु रहने व्यवस्था छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७