नागरिकता विधेयक पुनर्विचारका लागि संसदमा प्रस्तुत


२ भाद्र २०७९, बिहीबार
Bal krishna khad 1 scaled

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले प्रतिनिधि सभा बैठकमा नागरिकता विधेयक २०७९ पुनः पुनर्विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरी नागरिकता विधेयक १५ बुँदे सन्देशसहित सदनमा फिर्ता पठाएकी थिइन् ।

राष्ट्रपतिले विधेयक फिर्ता पठाएपछि त्यसप्रति असन्तुष्ट जनाउँदै गठबन्धन दलले जस्ताको त्यस्तै विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पठाउने निणर्य गरेको थियो । सोहीअनुसार गृहमन्त्री खाडले सन्देशसहितको नागरिकता विधेयक संसदमा पुनर्विचारका लागि प्रस्ताव प्रस्तुत गरेका हुन् । संसदका दुवै सदनबाट पास भइसकेको नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक १५ साउनमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिकहाँ प्रमाणीकरणका लागि पठाएका थिए ।

तर राष्ट्रपति भण्डारीले १५ बुँदै सन्देशसहित साउन २९ गते साँझ उक्त विधेयक संसदमै फिर्ता गरेकी थिइन् । त्यसको भोलिपल्ट अर्थात् साउन ३० गते बसेकै प्रतिनिधि सभा बैठकमा विधेयक फिर्ताको सन्देशसहितको पत्र पेश भएको थियो । सो पत्र सचिव गोपालनाथ योगीले पढेर सुनाएका थिए । सत्ता गठबन्धनको मंगलबार बसेको बैठकले संसदीय प्रकृया पूरा गरी नागरिकता विधेयक प्रमाणकीकरणका लागि पुनः राष्ट्रपति कार्यालयमा पठाउने निणर्य गरेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७