माओवादी केन्द्रको स्थायी समिति वैठक बस्दै, आज पदाधिकारी टुंगो लगाइने


३ भाद्र २०७९, शुक्रबार
Perishdanda 2

काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक आज (शुक्रबार) बस्दै छ । बिहीबार बस्ने भनिए पनि पटक-पटक सर्दै स्थगित भएको बैठक आज बस्न लागेको हो ।

बैठकबाट पदाधिकारीलाई अन्तिम रूप दिने माओवादीले जनाएको छ । बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पदाधिकारी प्रस्ताव गर्ने बताइएको छ । बैठक साढे ८ बजे बस्नेछ ।

आज पार्टीको अपूणर् कमिटीहरुलाई पूर्णता दिने भएको छ । यसका लागि करिब-करिब पार्टीमा सहमति भइसकेको माओवादी केन्द्रले जनाएको छ । पार्टी कार्यालय पेरिसडाँडामा बुधबार बसेको स्थायी कमिटी बैठकले अपूर्ण रहेका केन्द्रीय कमिटी, पोलिटव्यूरो र स्थायी कमिटीमा सदस्यहरू थप्ने विषयमा छलफल भएको थियो ।

केन्द्रीय कमिटी, पोलिटव्यूरो, स्थायी कमिटी र पदाधीकारी आज बस्ने पार्टी स्थायी कमिटी बैठकले टुङ्गो लगाउने पार्टी प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७