गठबन्धनको साझा अवधारणा बनाउने जिम्मा कार्यदललाई


३ भाद्र २०७९, शुक्रबार
Gathbandhan Top five leader of nepal

काठमाडौं : सत्ता गठबन्धन दलको शीर्ष नेतृत्वले आउँदो निर्वाचनका लागि साझा धारणा बनाउन सिट बाँडफाँट गर्न गठित कार्यदललाई नै जिम्मा दिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज गठबन्धनका शीर्ष नेतृत्वसँग भएको छलफलमा कार्यदलले आफ्नो प्रतिवेदन बुझाएको र आगामी मङ्सिर ४ मा हुने आम चुनावमा गठबन्धन गरेर जानुको औचित्य के हो भनेर साझा धारणा बनाउनका लागि शीर्ष नेतृत्वले कार्यदललाई नै जिम्मेवारी दिएको कार्यदलका सचिव केशवराज जोशीले जानकारी दिए।

गठबन्धन दलले आगामी निर्वाचनका सन्दर्भमा सिट बाँडफाँटका लागि नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाको संयोजकत्वमा ११ सदस्यीय कार्यदल गठन गरेको थियो । सोही क्रममा कार्यदलले अहिलेसम्म गरेका कार्यप्रगतिका बारेमा जानकारी गराएको थियो । छलफलमा शिर्ष नेताहरूले अहिलेसम्मको प्रगति तथा सिट बाँडफाँटका विषयलाई अन्तिम रुप दिन समेत निर्देशन दिएको बताइएको छ । 

कार्यदलमा कांग्रेसबाट नेता सिटौला, सञ्चारमन्त्रीसमेत रहेका नेता ज्ञानेन्द्रबहादुर कार्की, महामन्त्री गगन थापा, नेकपा (माओवादी केन्द्र)बाट नेताहरू वर्षमान पुन र देव गुरुङ, नेकपा एकीकृत समाजवादीबाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल, जसपाबाट रामसहायप्रसाद यादव र रकम चेम्जोङ तथा राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७