संसदकाे दुबै सदनबाट प्रदीप गिरीको निधनप्रति शोक प्रस्ताव पारित


६ भाद्र २०७९, सोमबार
Parliment house samsad bhawans

काठमाडौं । प्रतिनिधिसभाले सांसद प्रदीप गिरीको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । सोमबार बसेको प्रतिनिधिसभा बैठकले सांसद गिरीको निधनप्रति शोक प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो ।

यस्तै राष्ट्रिय सभा वैठकले पनि गिरीको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । सोमबार बसेको राष्ट्रिय सभा बैठकले सांसद गिरीको निधनप्रति शोक प्रस्ताव सर्वसम्मतीले पारित गरेको हो । २०५१ को संसदीय चुनावमा सिरहा-५ बाट निर्वाचित भएका गिरी २०६२/०६३ को जनआन्दोलनपछिको पुनर्स्थापित प्रतिनिधिसभा सदस्य, २०६४ र २०७४ को संविधानसभा सदस्य र २०७४ मा सिरहा-१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् ।

घाँटीको क्यान्सर र निमोनियाबाट पीडित ७४ वर्षीय गिरीको गत शनिबार राति ललितपुरको मेडिसिटी अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । सभामुख अग्निप्रसाद सापकोटाले राखेको गिरिको निधनप्रति शोक प्रस्तावलाई बैठकले सर्वसम्मतिले पारित गरेको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७