बैंक अफ काठमाण्डूका ग्राहकले द बर्गर हाउस चिकेन स्टेसनमा छुट पाउने


६ भाद्र २०७९, सोमबार
Burger Image

काठमाडौं । बैंक अफ काठमाण्डूका ग्राहकले द बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेन स्टेसनमा छुट पाउने भएका छन् ।बैंक र द बर्गर हाउसबिच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग बाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकको ग्राहकहरुलाई १२ प्रतिशत छुट उपलब्ध गराउने सम्झौता भएको हो ।

सम्झौता पश्चात् ग्राहकहरुले द बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेन स्टेसन, महालक्ष्मीस्थान, ललितपुरमा उपलब्ध हुने सेवाहरुमा एकमुष्ठ १२ प्रतिशत छुट पाउने छन् ।

उक्त छुटको उपयोग गर्नको लागि ग्राहकहरुले बैंकको कार्ड तथा मोबाइल बैंकिङ्गको प्रयोग गरी भुक्तानी गर्नुपर्ने बैंकले जनाएको छ ।

बैंकले १०३ शाखा कार्यालयहरु, ९८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७