हात्ती आएको सूचना दिन ‘साइरन’ जडित मेशिन


१२ भाद्र २०७९, आईतवार
Elephant 3
फाइल फोटो

झापा । पूर्वोत्तर झापाको बाहुनडाँगी बजारमा हात्ती आएको सूचना दिन ‘साइरन’ जडित मेशिन राखिएको छ । मेचीनगर-४ स्थित बाहुनडाँगी बजारमा राखिएको मेसिनको उद्घाटन मेची नगरपालिका प्रमुख गोपालचन्द्र बुढाथोकीले गरे । व्याट्री, प्यानल बक्स, तार जडित सो मेशिनले हात्ती प्रवेश गर्नासाथ सूचना दिने बताइएको छ ।

उज्यालो नेपालका पूर्व ध्यक्ष एवं स्वयंसेवक रमेश थापाले सो साइरन मेचीनगर-४ का वडाध्यक्ष अर्जुनकुमार कार्कीलाई सहयोगस्वरुप हस्तान्तरण गरको र हात्ती आउँदा बज्ने सो मेशिनको साइरन बाहुनडाँगी बजार आसपास एक किलोमिटर क्षेत्रसम्म आवाज सुनिने बताइएको छ ।

साइरनमा मोबाइल एप्स जोडेर प्रत्येक व्यक्तिले हात्ती आएको जानकारी लिन सकिने बताइएको छ । साइरनको सुरुक्षाका लागि सशस्त्र प्रहरी बल बाहुनडाँगीलाई जिम्मा दिइएको छ । ‘साइरन बजेपछि हात्ती आएको थाहा पाइन्छ’, उज्यालो नेपालका स्वयंसेवक थापाले भने, ‘त्यसपछि घरमै बस्दा पनि मानिसले ज्यान जोगाउन सक्छन् । हात्ती आउँदा हात्ती धपाउने होइन कि घरमा लुकेर बस्नु पर्छ ।’ रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७