मेयर बालेन शाहकाे प्रस्ताव : अब महानगरपालिकामा फुड निरीक्षक


१२ भाद्र २०७९, आईतवार
Balendra Shah

काठमाडौं : एकपछि अर्को सुधारको काम गरेर काठमाडौंलाई भाईब्रेन्ट’ बनाएका काठमाडौ महानगरपालिकाका मेयर बालेन शाहले फेरि नयाँ प्रस्ताव अघि सारेका छन् । महानगरको आठौं कार्यपालिका बैठकमा महानगरपालिकामा फुड निरिक्षक नियुक्त गर्ने प्रस्ताव गरेका हुन् ।

उनले महानगरपालिकाभित्रका रेष्टुरेन्ट, होटल, तरकारी र मासुपसलगायतको गुणस्तर निरिक्षण गर्ने उद्देश्यले नियुक्ती गर्ने प्रस्ताव अघि सारेका हुन्।

शाहले खानाको गुणस्तर निरिक्षण गर्ने उद्देश्यले फुड टेक्नोलोजिष्ट नियुक्त गर्न प्रस्ताव गरेको हुन। उनका अनुसार ४ देखि ५ जनासम्म यस्ता प्राविधिक नियुक्त गरिनेछ। ती प्राविधिकले महानगरभित्रका खानाको स्तर परिक्षण गर्नेछन्।

मेयर शाहले आफूसँग भएको कार्यकारिणी अधिकार प्रयोग गरेर सुधार गर्ने दृढता व्यक्त गदै आएका छन् । आफूसँग भएको कार्यकारिणी अधिकार प्रयोग नगरी अकर्मण्यताको अवस्थामा बस्नु उचित नहुने आफूमा दृढ मान्यता रहेको उनको भनाई छ ।

अनधिकृत निर्माण तथा प्रयोजन परिवर्तनको रोकथाम तथा नियन्त्रण सम्बन्धमा उनले विज्ञप्ति जारी उनले भनेका छन्, ‘कार्यकारिणीको अकर्मण्यताबाट सृजित दण्डहीनताको अवस्थाले गर्दा आज भयावह समस्याका उपक्रमहरु विकसित भएका हुन् । तसर्थ, न्यायिक निरुपण पछि मात्र अनधिकृत संरचना हटाउनु पर्दथ्यो भन्ने कतिपय भाष्यकारलाई काठमाडौँ महानगरबाट कार्यकारिणी अधिकारको प्रयोग कुन चरणमा हुन्छ र न्यायिक अधिकारको प्रयोग कुन चरणमा हुन्छ बुझिदिनु हुन हार्दिक अनुरोध गर्दछौं ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७