पिपुल्स पावरको शेयर बाँडफाँट


१३ भाद्र २०७९, सोमबार
IPO

काठमाडौं । पिपुल्स पावर कम्पनीको साधारण शेयर आज बाँडफाँट भएको छ । कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलले आइतबार दिउँसो २ बजे आईपीओ बाँडफाँट गरेको हो ।

आईपीओमा मागभन्दा ७.९३ गुणा बढी १५ लाख ५१ हजार ४१३ वटा आवेदन परेको थियो । मागभन्दा बढी आवेदन परेपछि गोलाप्रथा प्रणालीबाट २ लाख २९ हजार ४६८ जनालाई १० कित्ताका दरले आईपीओ बाँडफाँड गरिएको थियो ।

यसमध्येबाट २ जनाले भने प्रतिव्यक्ति ११ कित्ताका दरले आईपीओ पाएका छन् । कम्पनीले साउन ३१ गतेदेखि भदौ ५ गतेसम्म २४ लाख ६७ हजार ४०० कित्ता शेयर बिक्री खुलाएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७