स्रोत नखुलेको साढे २४ लाखसहित युवक पक्राउ


१३ भाद्र २०७९, सोमबार
Money 1

रुपन्देही । रुपन्देही प्रहरीले स्रोत नखुलेको साढे २४ लाख रकमसहित एक युवकलाई पक्राउ गरेको छ । रुपन्देही सिद्धार्थनगर नगरपालिका-१ वाइपासस्थित स्रोत नखुलेको अवैध रकम ओसारपसार भएको भन्ने सूचनाको आधारमा प्रहरीले बुटवल उपमहानगरपालिका-८ सुख्खानगर बस्ने वर्ष २८ को सन्दिप शाक्यलाई पक्राउ गरेको हो ।

शाक्यले बोकेको कालो रङ्गको झोलाबाट आइतबार बेलुका स्रोत नखुलेको नेपाली २४ लाख ५० हजार रकम फेला पारेको प्रहरीले जनाएको छ । उक्त रकमसहित पक्राउ परेका शाक्यलाई आवश्यक कारबाहीका लागि आज सोमबार भैरहवा भन्सार कार्यालय बेलहिया रुपन्देहीमा पठाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी श्याम अर्यालले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७