बुहारीले गरिन् ससुराको हत्या


१४ भाद्र २०७९, मंगलवार
latest News nayapage1 scaled

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका-१ मा बुहारीको कुटाइबाट ससुराको ज्यान गएको छ । पारिवारिक विवाद हुँदा बुहारीको कुटाइबाट गम्भीर घाइते भएका ससुराको उपचारको क्रममा मृत्यु भएको हो । ज्यान गुमाउनेमा हेलम्बुको माथिल्लो भेग गाउँपालिका-१ गोवागाङ गाउँका ८० वर्षीय कामीढिण्डु लामा रहेका छन् ।

बुहारी २३ वर्षीया रिता तामाङले आइतबार विवादका क्रममा काठको चिर्पटले प्रहार गर्दा लामा घाइते भएका थिए । टाउकोसहित शरीरभर चोट लागेपछि उनलाई तत्काल उपचारका लागि स्थानीय खार्चुङ सामुदायिक स्वास्थ्य चौकीमा लगिएको थियो ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

प्रहरीले आज उपचारका क्रममा ज्यान गएको र बुहारीलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

city
ncll 2
jagdamba.cement
nepal liquors

प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७