राष्ट्रपतिलाई भेटेर प्रचण्डले भने, ‘नागरिकता विधेयकमा तपाईं र हाम्रो समान धारणा छ


१५ भाद्र २०७९, बुधबार
bidhya prachanda
फाइल फोटो

काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नागरिकता विधेयकमा आफूहरू र राष्ट्रपति विद्यादेवी भण्डारीबीच समान धारणा रहेको बताएका छन् ।

आज (बुधबार) अपराह्न शीतल निवासमा राष्ट्रपतिलाई भेटेर उनले अंगीकृत नागरिकताबारे राष्ट्रपतिले राखेको चासो र आफूहरूको धारणा समान रहेको तर संसदमा यसमा राष्ट्रिय सहमति बन्न नसकेको बताएका हुन् ।
यस्तै अंगीकृतबारे अहिले कुनै कुनै नयाँ व्यवस्था नगरिएको उनले राष्ट्रपतिलाई जानकारी गराएको प्रचण्डको सचिवालयले बताएको छ ।

‘सरकारले पनि यसबारे राष्ट्रिय सहमति बनाएर विधेयक ल्याउने प्रतिबद्धता जनाएको छ । तत्काल जन्मसिद्ध नागरिकका सन्तानहरूले राज्यविहीन बन्ने अवस्था अन्त्य गर्नका लागि यो विधेयक ल्याइएको हो । र, यो विधेयक ओलिजीले पेस गरी तपाईंले प्रमाणीकरण गर्नुभएको अध्यादेशको व्यवस्थाअनुसार रहेको छ । यसलाई अनावश्यक राजनीतिकरण गरिनु दुःखद छ’, उनले राष्ट्रपति समक्ष भनेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७