संसदको आयु लम्ब्याउने कुरामा राजेन्द्र लिङ्देनको आपत्ति, सांसद पदबाट राजीनामा दिने


१९ भाद्र २०७९, आईतवार
Rajendra lingden 1 1024x683 1

काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सांसद पदबाट राजीनामा दिँदै छन् । आइतबार बस्न लागेको प्रतिनिधिसभालाई सम्बोधन गर्दै उनले राजीनामाको घोषणा गर्न लागेका हुन् ।

सत्तारुढ दलका नेताहरुले संसदको आयू लम्ब्याउने गरी अभिव्यक्ति दिन थालेको र सोहीअनुसार बहस भइरहेका बेला लिङ्देनले सांसद पदबाट राजीनामा दिन लागेका हुन् ।

‘आज बस्ने संसद बैठकलाई सम्बोधन गर्दै अध्यक्षज्यूले सांसद पदबाट राजीनामाको घोषणा गर्नुहुनेछ,’ राप्रपा स्रोतले भन्यो । ४ मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मिति तोकिएका बेला मौजुदा प्रतिनिधिसभाको आयू जबरजस्ती लम्ब्याउन खोजिएपछि उनले सांसद पदबाट राजीनामा दिन लागेका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७