खल्तीबाट सिफारिस गरिएका उम्मेदवार स्वीकार्य हुन्न : प्रचण्ड

‘सबैको अस्तित्व स्वीकार हुने गरी सिट बाँडफाँट हुन्छ’


२१ भाद्र २०७९, मंगलवार
prachanda 2 scaled

कैलाली । सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधि सभा र प्रदेश सभा चुनावको लागि उम्मेदवारी सिफारिस गर्दा खल्तीको नाम सिफारिस नगर्न सुझाव दिएका छन् ।

यदि पालिकाको सिफारिस नलिइ नाम सिफारिस गरिए नमान्ने उनले चेतावनी दिए । माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश कमिटीको बैठकलाई मंगलबार धनगढीमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले उम्मेदवार छान्ने मापदण्ड पनि बताइदिए । उनले २३ भदौसम्म सबै उम्मेदवारको नाम पार्टी कार्यालय आइसक्नुपर्ने बताए ।

‘खल्तीबाट सिफारिस भएको उम्मेदवार स्वीकार्य हुन्न,’ प्रचण्डले भने, ‘पालिकाको सिफारिसका आधारमा जिल्ला समन्वय समितिले प्रदेशमा पठाउने, पर्सीसम्म (२३ भदौ) केन्द्रीय कार्यालयमा उपलब्ध भइसक्नु पर्छ ।’ अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सबैको अस्तित्व स्वीकार हुनेगरी सिट बाँडफाँट हुने बताएका छन् । उनले गठबन्धनमा मागेअनुसार सिट भाग नपरे पनि सबैको अस्तित्व स्वीकार हुने गरी सिट बाँडफाँट हुने बताएका हुन् ।

MohanPaneru Atariya RSS 21 305602989 442884131205622 1031164582417058096 n

अध्यक्ष प्रचण्डले बुधबारभित्र सिट बाँडफाँट टुङ्गो लगाउने गरी छलफल भइरहेको बताए । उनले भने, ‘सिट बाँडफाँटमा समस्या हुँदैन ।’ ‘नेपाली कांग्रेसले एक सय, माओवादीले ६०, एकीकृत समाजवादीले २५ र जनता समाजवादीले २५ सिट दाबी गरेको छ’ उनले भने, ‘दाबी अनुसार कांग्रेस केही तल झर्ने सम्भावना रहेको छ र माओवादी ६०, समाजवादीले २५ सिट र जनता समाजवादीले २५ सिटको वरिपरी दाबी गरिरहेको छ ।’

सत्ता गठबन्धनले प्रभावकारी तालमेल गरेरै निर्वाचनमा जाने अध्यक्ष प्रचण्डको भनाइ छ । निर्वाचनपछि बन्ने नयाँ सरकारले मुलकुलाई नयाँ गतिमा अघि बढाउने उनले बताए । संसद् लम्ब्याउने कुरा पनि आइरहेको छ, भन्ने सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफमा अध्यक्ष प्रचण्डले भने, ‘संसद् लम्ब्याउन हुँदैन भन्ने कुरामा हामी स्पष्ट छौँ, अस्ति हामीले गठबन्धनको बैठकमा नै एक दिन पनि यताउता गर्न हुँदैन र मङ्सिर ४ मा नै निर्वाचन हुन्छ, मनोनयनपछि संसद् नरहने हामीले भनी सकेका छौँ ।’ एक फरक प्रसगङ्मा उनले आफ्नो नाम विभिन्न क्षेत्रबाट सिफारिस भए पनि चितवन क्षेत्र नं ३ बाटै उठ्ने स्पष्ट पारे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७