उत्तर कोरियाद्वारा आफूलाई परमाणु हतियार सम्पन्न देश घोषणा


२४ भाद्र २०७९, शुक्रबार
6244f7763c4642788f9dd51131a8b4ad 6244f7763c4642788f9dd51131a8b4ad 03cb6743a9ac46b1bbed5826a4663000

काठमाडौं । उत्तर कोरियाले आफूलाई परमाणु हतियार सम्पन्न देश घोषणा गरेको छ । यसका लागि उत्तर कोरियाले एक कानुन पास गरेको बीबीसीले जनाएको छ । उत्तर कोरियाको सरकारी समाचार एजेन्सी केसीएनएले यसबारेमा जानकारी दिएको खबरमा उल्लेख छ ।

उत्तर कोरियाका राष्ट्रपति किम जोङ उनले यो घोषणामा कुनै परिवर्तन नहुने बताएका छन् । उनले यसबारेमा कुनै पनि स्तरको वार्ताको सम्भावना नहुने पनि बताएको बीबीसीले जनाएको छ ।

यस कानुनका अनुसार उत्तर कोरियालाई आफ्नो रक्षाका लागि परमाणु हतियार प्रयोग गर्ने अधिकार हुनेछ । विभिन्न प्रतिबन्धका बाबजुद उत्तर कोरियाले सन् २००६ र २०१७ को बीचमा ६ परमाणु परीक्षण गरेको छ । संयुक्त राष्ट्र सुरक्षा परिषद्को कैयौँ प्रस्तावको बाबजुद उत्तर कोरियाले आफ्नो सैन्य क्षमता बढाएको छ ।

अमेरिकाका तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पसँग किम जोङको दुई पटक शिखर वार्ता भएको थियो तर कुनै नतिजा भने निस्किएन । त्यसपछि भने अमेरिका र उत्तर कोरियाबीच कुराकानी रोकिएको छ । यद्यपि जो बाइडन सरकारले उत्तर कोरियासँग वार्ता गर्न चाहेको सङ्केत दिएको थियो । तर राष्ट्रपति बाइडनले किम जोङ उनसँग भेट गर्ने/नगर्ने भन्नेबारे स्पष्ट थिएन । यस वर्ष उत्तर कोरियाले कीर्तिमानी संख्यामा ब्यालेस्टिक मिसाइल परीक्षण गरेको थियो । यही कारण कोरिया प्रायद्वीपमा तनाव बढेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७