गायक राजेश पायल राई दुर्घटनामा, गायक राईले भने, ‘सेफ छु’


२३ चैत्र २०७४, शुक्रबार
rajesh payal rai 19 bhadau 2074

काठमाडौं, २३ चैत । भर्सटाइल गायक गायक राजेश ‘पायल’ राई सवारी दुर्घटनामा परेर घाइते भएका छन् । गुल्मी महोत्सवमा सहभागी हुन जाने क्रममा उनको गाडी दुवीचौर भन्ने स्थानमा दुर्घटना भएको हो ।

rajesh payal rai and pramanada khanal
घाइते भएका गायक राजेश पायल रार्इ र रेडियो कान्तिपुरका प्रशासन प्रमुख परमानन्द खनाल ।

गायक राई चढेको गाडीलाई पछाडिबाट  ट्याक्सीलेले ठक्कर दिएको उनले बताए । उनको टाउकोमा सामान्य चोट लागेको र खतरा मुक्त रहेको जानकारी दिए ।

नयाँपेजसँगको फोन सम्पर्कमा गायक राईले आफू दुर्घटनामा परेको भए पनि आफू सेफ रहेको बताएका छन् । उनले अहिले आफू कार्यक्रमस्थल पुगिसकेको र होटलमा आराम गरिरहेको बताएका छन् । गायक राईले भोलि मात्र कार्यक्रम रहेकाले आरामपछि कार्यक्रममा सहभागी हुने बताए ।

उनले दुर्घटनामा रेडियो कान्तिपुरका प्रशासन प्रमुख परमानन्द खनाल र  महोत्सवका आयोजक खुमानन्द आचार्य घाइते भएकाे जानकारी दिए । उनीहरू दुबैलार्इ सामान्य चाेट लागेकाे र अवस्था सामान्य  रहेकाे उनले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७