चोलेन्द्र शमशेरसँग पाँचौं पटक बयान लिँदै सिफारिस समिति, आजै सक्ने


२७ भाद्र २०७९, सोमबार
Cholendra Shamser Janara

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग सोमबार पनि महाअभियोग सिफारिस समितिले बयान लिँदैछ । आइतबारसम्म समितिले ३५ वटा प्रश्न सोधेको छ । अब आठ प्रश्न बाँकी छ । समितिले जबरासँग लिखित र मौखिक गरी ४३ प्रश्नको रोस्टर तयार पारेको थियो ।

आजै सबै प्रश्न सोधेर समितिले प्रतिवेदन संसदमा बुझाउने छ । प्रतिनिधिसभाको कार्यकाल केही दिन मात्र बाँकी रहेकाले समितिले सोमबार नै बयान लिने काम सक्ने भएको समितिका एक सदस्यले जानकारी दिए ।

उनका अनुसार समितिले प्रतिवेदन लेखनको काम पनि जारी रहेकाले चाँडै प्रतिनिधिसभामा प्रतिवेदन बुझाउने छ । त्यसपछि संसदमा जबराविरुद्धको महाअभियोग प्रस्ताव निणर्यार्थ पेस गरिने छ । एमालेले साथ दिए महाअभियोग पास हुन्छ, नभए हुन्न । त्यही भएर अहिले जबरा एमालेले आफूविरुद्ध मत नदिनेमा ढुक्क देखिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७