एम्बुलेन्स सञ्चालन सहयोगार्थ ‘भिषण सांगीतिक साँझ’ हुने


२७ भाद्र २०७९, सोमबार
visan

काठमाडौं । एम्बुलेन्स सञ्चालन सहयोगार्थ चर्चित गायक भिषण मुकारुङको एकल साँझ हुने भएको छ । असोज ६ गते बिहीबार सांगीतिक साँझ गर्न लागिएको हो । भोजपुरे सेवा समाज काठमाडौंले एकल साँझको आयोजना गर्न लागेको हो ।

राष्ट्रिय नाचघर जमलमा हुने सांगीतिक साँझ विशुद्ध सामाजिक सेवाभावका लागि आयोजना गरिएको गायक मुकारुङले बताए । नेपाल ज्येष्ठ नागरिक संरक्षण संघ ट्याम्के मैयुङ-३ अन्नपूणर्ले सञ्चालन गरिरहेको एम्बुलेन्स व्यवस्था सहयोगार्थ सांगीतिक साँझको आयोजना गरिएको मुकारूङको भनाइ छ ।

‘विशुद्ध सामाजिक सेवाभावको उद्देश्य राखेर सांगीतिक साँझको आयोजना गरिएको हो । यो पुण्य कामको हिस्सा हुन पाउँदा गर्व लागेको छ,’ मुकारूङले सुनाए । मुकारुङ भोजपुरको ट्याम्के मैयुङ-३ अन्नपूणर्का हुन् ।

दुई दशकभन्दा लामो समयदेखि सांगीतिक यात्रामा रहेका मुकारूङका ‘विश्वासको बन्धन,’ ‘सक्सेस’, ‘संवाद’, ‘माहौल’, ‘चन्द्रमुखी,’ ‘एउटा सत्य’ लगायतका एल्बम बजारमा छन् । उनका ‘अँधेरीमा जुन फूल्दा’, ‘खोर्सानी डल्ले’, ‘चन्द्रमुखी’, ‘ए सिम्मा’ लगायतका गीत चर्चित छन् । उनले आफ्ना चर्चित गीत साँझमा प्रस्तुत गर्नेछन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७