महाअभियोग सिफारिस समितिको बैठक बस्दै, जबराले आठ प्रश्नको जवाफ दिन बाँकी


२८ भाद्र २०७९, मंगलवार
Cholendra Shamser Janara

काठमाडौं । निलम्वित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोग सिफारिस समितिको बैठक आज (मंगलबार) पनि बस्दै छ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने छ ।

बैठकमा समितिले तयार गरेका प्रश्नहरुको बयान लिनेछ । जबराले अब बाँकी ८ वटा प्रश्नको जवाफ दिनु पर्नेछ । उनले चौथो दिनको बयान सकिँदासम्म ३५ प्रश्नको जवाफ दिएका हुन् ।

तेस्रो दिनसम्म ११ वटा प्रश्नको जवाफ दिएका उनले चौथो दिन आइतवार उनले थप २४ वटा प्रश्नको जवाफ दिएका हुन् । संसदले महाअभियोगमाथि छानविन गरेर प्रतिवेदन बुझाउन तीन महिनाको समय दिएको छ । तर, समितिले एक महिना पनि काम गर्न नपाउने भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७