सर्वोच्चको फुलकोर्टले महाभियोग समितिलाई भन्यो-न्यायाधीशहरु उपस्थित हुन मिल्दैन


२९ भाद्र २०७९, बुधबार
full court

काठमाडौं । सर्वोच्च अदालतले न्यायाधीशहरू बयानका लागि महाअभियोग सिफारिस समितिमा उपस्थित हुन नमिल्ने जनाएको छ ।

प्रतिनिधि सभाको महाअभियोग सिफारिस समितिको आजको बैठकले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले बयानका क्रममा नाम लिएका सर्वोच्च अदालतका कायम मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीसहित न्यायाधीशहरुलाई छलफलका लागि बोलाउने निर्णय गरेर भोलि बिहान साढे ८ बजे बैठकमा उपस्थित हुन पत्राचार गरेको थियो ।

nayadhis qhbNPUytHC

समितिको पत्र प्राप्त गरेपछि दिउँसो बसेको सर्वोच्च अदालतको पूर्ण बैठक (फुलकोर्ट) ले न्यायाधीशहरू बयानका लागि महाअभियोग सिफारिस समितिमा जान नमिल्ने ठहर गरेको हो । पूर्ण बैठकपछि सर्वोच्चका कायम मुकायम मुख्य रजिस्ट्रार नारायणप्रसाद पन्थीले महाअभियोग सिफारिस समितिलाई पत्र पठाएर उपस्थित हुन नमिल्ने जानकारी दिएका छन् ।

बयानका क्रममा निलम्बित प्रधानन्यायाधीश जबराले कायममुकायम प्रधानन्यायाधीश दीपक कार्की, न्यायाधीशहरू हरिकृष्ण कार्की, मीरा खड्का, ईश्वर खतिवडा, आनन्दमोहन भट्टराई र प्रकाशमानसिंह राउतको नाम लिएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७