घट्यो सुनको भाउ, तोलाको कतिमा हुँदैछ कारोबार ?


३१ भाद्र २०७९, शुक्रबार
gold

काठमाडौं । कारोबारको अन्तिम दिन नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा आठ सय र चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले घटेको छ ।

आज छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार आठ सय रुपैयाँ कायम भएको छ । बिहीबार छापावाल सुन प्रतितोला ९४ हजार ६ सय रुपैयाँ र तेजाबी सुन ९४ हजार एक सय रुपैयाँमा किनबेच भएको थियो । आज तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार तीन सय रुपैयाँ कायम भएको छ ।

आज तोलामा ३५ रुपैयाँ घटेर चाँदीको मूल्य प्रतितोला एक हजार १४५ रुपैयाँ कायम भएको छ । बिहीबार चाँदी प्रतितोला एक हजार १८० रुपैयाँमा किनबेच भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७