बैतडीमा घर भत्किँदा किशोरीको मृत्यु


४ आश्विन २०७९, मंगलवार
49 Shares
death woman
सांकेतिक तस्वीर

बैतडी । बैतडीमा घर भत्किएर किशोरीको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको पञ्चेश्वर गाउँपालिका—१ को लेककी १६ वर्षकी पूजा लुहार छिन् । सोमबार राति साढे १ बजेतिर घर भत्किएर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवत्ता प्रहरी निरीक्षक लोकराज जोशीले बताए । उनका अनुसार घरमा सुतेका अन्य भने सुरक्षित छन् ।

आफ्नो घरबाट काकाको घरमा सुत्न गएकी पूजाको छानो भत्किँदा च्यापिएर मृत्यु भएको हो । वर्षाका कारण कमजोर भएको छानो राति एक्कासी भत्किएको पीडित परिवारले जनाएको छ । मृतक किशोरी स्थानीय डुग्रीखान माध्यमिक विद्यालयको कक्षा ६ मा अध्ययनरत थिइन् ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

ncll 2
प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७