‘सुसाइड नोट’ लेखेर गायिका जेरुसा राई बेपत्ता


७ आश्विन २०७९, शुक्रबार
Jerusha Rai

काठमाडौं । गायिका जेरुसा राई ‘सुसाइड नोट’ लेखेर बेपत्ता भएकी छन् । बिहीबार साँझ ७ बजेदेखि उनी सम्पर्कविहीन भएको भन्दै परिवारले जिल्ला प्रहरी परिसर, ललितपुरमा खोजतलासका लागि निवेदन दिएका छन् ।

अहिलेसम्म उनलाई फेला पार्न नसकिएको ललितपुर प्रहरीका प्रवक्ता सुधीरराज शाहीले जानकारी दिएका छन् । पछिल्लो पटक उनी सुन्दरीघाट नजिकको देखिएको खुलेको छ । त्यसैलाई आधारमा खोजतलास चलिरहेको उनले जानकारी दिए ।

३० वर्षीया राई आमासहित सानेपामा बस्दै आएकी थिइन् । उनको कोठामा ‘सुसाइड नोट’ पनि फेला परेको प्रहरी स्रोतले जानकारी दिएको छ । राई युट्युबमार्फत गीत सार्वजनिक गरेर चर्चामा आएकी गायिका हुन् । उनको ‘बारुद’ बोलको गीत युवा पुस्तामाँझ लोकप्रिय छ । उनले यो गीत माओवादी द्वन्द्वलाई स्मरण गर्दै लेखेकी थिइन् । उनका नेपाली र अंग्रेजीका कभर गीतहरु पनि चर्चित छन् । उनी लामो समय बेलायत बसेर नेपाल फर्किएकी थिइन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७