मैले जति कर्णाली अरूले बुझेका छैनन् : मुख्यमन्त्री शाही


९ आश्विन २०७९, आईतवार
jeevan shahi

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले यहाँका जनताको मर्का आफूले मात्रै बुझेको बताएका छन् । सीधा कुरा मुख्यामन्त्रीसँगको कुराकानीमा उनले बा-आमाले घोडा पालेर कमाएको पैसाले विदेशमा पढेर आएको व्यक्ति भएकाले आफूले जति कर्णालीको बारेमा अरुले नबुझेको बताएका हुन् ।

कार्यक्रममा सहभागीले उठाएका प्रश्नको उत्तर दिने क्रम्मा मुख्यमन्त्री शाहीले आफू मुख्यमन्त्री भएपछि समय, सुशासन लगाएतका कुरामा पुरा काम गरेको बताए । नौ जिल्लामा केही निर्माण हुनु नपर्ने तर सुर्खेतमा मात्र सबै कुरा निर्माण हुनुपर्ने जस्ता माग आउने गरेको बताए । उनले भने- सबै ठाउँमा सुविधायुक्त स्वास्थ्य संस्थादेखि अन्य सुविधा हुनुपर्छ ।

सहभागी दिपेन्द्र बिसीले प्रदेशको औचित्य छैन किन भन्नु भयो ? भन्ने प्रश्नको जवाफमा शाहीले कर्णालीमा को सरुवा हुन्छ ?, को आउँछ ? अनि को जान्छ ? थाहा नै हुँदैन यस कारण मैले प्रदेशको छैन भनेको हुँ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७