आसाममा २५ जना बोकेको डुंगा दुर्घटना, सात जना बेपत्ता


१३ आश्विन २०७९, बिहीबार
Boat accident bramhaputra OLGp6uEz9b

आसाम । भारतको आसामस्थित धुब्रीमा ब्रह्मपुत्र नदीमा डुंगा दुर्घटना भएको छ । २५ जना मानिस बोकेको डुंगा निर्माणाधीन पुल नजिकै दुर्घटना भएको हो । एक स्थानीय अधिकारीले दिएको जानकारीअनुसार दुर्घटनामा परी कम्तीमा सात जना मानिस बेपत्ता भएका छन् ।

धुब्रीका प्रहरीका डेपुटी कमिशनरका अनुसार निर्माणाधीन पुल भएको स्थानमा नदीबाट आउँदै गर्दा केही सानो भाग मात्र खाली थियो । उक्त स्थानमा छेउको भागमा डुङ्गा ठोक्किएको थियो । सोही क्रममा डुंगा दुर्घटनामा परेको हो ।

यो क्रममा केही मानिस पौडेर बाँच्न सफल भएका थिए भने केहीको उद्धार गरिएको थियो । अहिले बेपत्ता मानिसहरुको पनि खोजी कार्य जारी रहेको अधिकारीहरुले बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७