किन विवादित हुने गरेको छ शान्तितर्फको नोबेल पुरस्कार ?


१७ आश्विन २०७९, सोमबार
Nobel
फाइल फोटो

काठमाडौं । सन् १९०१ मा पहिलो पटक वितरण गरेदेखि नै शान्तिका लागि नोबेल पुरस्कार विवादमा तानिंदै आएको छ । ६ विधामध्ये शान्तितर्फको पुरस्कार सबैभन्दा धेरै आलोचित हुने गरेको छ । सन् १८९६ मा आफ्नो मृत्युपछि स्वीडेनी उद्योगपति अल्फ्रेड नोबेलले शान्तिसहित विभिन्न विधामा पुरस्कार वितरण गरिन्छ ।
प्रस्तुत छ अहिलेसम्म विवादमा तानिएका नोबेल शान्ति पुरस्कारः

बाराक ओबामा
सन् २००९ मा अमेरिकी राष्ट्रपति बराक ओबामाले नोबेल शान्ति पुरस्कार पाउँदा उनी आफैलाई पत्यार लागेको थिएन् । सन् २०२० मा ओबामाले आफ्नो आत्मवृत्तान्तमा समेत ’केका लागि ?’ भनेर प्रतिक्रिया जनाएका छन् ।

उनी पदमा पुगेको नौ महिना दिइएकोले आलोचकहरूले त्यसलाई अपरिपक्व निर्णय बताएका थिए । मनोनयन दर्ता गर्ने समय उनले शपथ लिएको १२ दिनमा सकिएको थियो । ओबामाले आफ्नो दुई वर्षे कार्यकालमा अफगानिस्तान, इराक र सिरियामा सेना तैनाथ थिए ।

यासेर अराफात
प्यालेस्टिनी पूर्व नेतालाई सन् १९९४ मा इजरेली प्रधानमन्त्री इत्ज्याक रबिन र इजरेली विदेश मन्त्री सिमोन प्यारेससँगै नोबेल शान्ति पुरस्कार दिइएको थियो । ओस्लो सम्झौताका लागि सो पुरस्कार दिइएको थियो । सम्झौताले इजरेल–प्यालेस्टेनी द्वन्द्वलाई समाधानको एउटा आशा देखाएको थियो ।

अर्धसैनिक गतिविधिमा संलग्न रहेका अराफातलाई सो पुरस्कार दिने निर्णयको इजरेल र देश बाहिर पनि आलोचना गरियो । उनको नामको मनोनयनको विरोधमा नोबेल कमिटीका एक सदस्यले राजीनामा नै दिएका थिए ।

आङ सान सुकी
बर्मेली नेत्री सुकीले त्यहाँको सैन्य शासनविरुद्ध अहिंसात्मक आन्दोलका लागि सन् १९९१ मा नोबेल शान्ति पुरस्कारबाट सम्मानित भएकी थिइन् ।

तर, २० वर्षपछि उनी सोही पुरस्कारका कारण आलोचित बनिन् । आफ्नो पार्टी र आफू सरकारमा हुँदा अल्पसंख्यक मुस्लिम रोहिन्ज्याहको हत्या र गम्भीर मानवअधिकार हनन विरुद्ध उनी एक शब्द नबोलेको उनीमाथि आरोप लागेको थियो । उनको पुरस्कार खोसिनुपर्ने माग उठेको थियो ।

आबी अहमद

सन् २०२० को डिसेम्बरमा इथियोपियाका प्रधानमन्त्रीलाई प्रदान गरिएको पुरस्कार पनि विवादमा तानिएको थियो । इरिट्रियासँग लामो विवाद समाधान गर्न उनले चालेको कदमका लागि सो पुरस्कार दिइएको थियो । उनलाई दिइएको सम्मानको पनि आलोचना भएको थियो । अहमदले देशको उत्तरी टिग्रे क्षेत्रमा फौज पठाएको भन्दै अन्तर्राष्ट्रिय समुदायले आलोचना गरेको थियो । टिग्रेमा भएको युद्धमा हजारौंको मृत्यु भएको थियो ।

वाङगारी मादाई
केन्याकी दिवंगत अभियानकर्मी बाङगारी मादाईले सन् २००४ मा पाएको नोबेल पुरस्कार पनि बिबादमा तानिएको थियो । सो पुरस्कारले सम्मानित हुने उनी पहिलो अफ्रिकी महिला हुन् । उनले एचआईभी र एड्सका विषयमा दिएको हल्का प्रतिक्रियाका कारण उनी पनि विवादरहित बन्न सकिनन् । मादाईले एचआईभी भाइरस जैविक हतियारका रूपमा प्रयोगशालमा बनाइएको र त्यो अश्वेत मानिसलाई निर्मूल गर्न बनाइएको टिप्पणी गरेकी थिइन् ।

हेनरी किसिन्जर
सन् १९७३ मा तत्कालीन अमेरिकी विदेश मन्त्री हेनरी किसिन्जर पनि यो पुरस्कारबाट सम्मानित भएका थिए । विदेश नीतिका केही विवादित घटनाक्रममा संलग्न भएका व्यक्तिलाई पुरस्किृत गरिएको भन्दै उनको अमेरिकामा नै विरोध भयो ।
उत्तर भियतनामी नेताले डक थो सँगै भियतनाम युद्धलाई विराम गराउन महत्वपूर्ण योगदान दिएको भन्दै हेनरीलाई सम्मान गरिएको थियो ।

कम्बोडियामा भएका गोप्य बम हमला र दक्षिण अमेरिकाका तानाशाह शासकलाई सहयोग गरेको उनीमाथि आरोप लागेको थियो । न्यूयोर्क टाइम्स पत्रिकाले त्यसलाई ’नोबेल युद्ध पुरस्कार’ भनेर टिप्प्णी गरेको थियो ।

गान्धीले नपाउँदा आलोचना
अहिंसाबादी नेता महात्मा गान्धीको नाम धेरै पटक नोबेल शान्ति पुस्कारका लागि मनोनयमा पर्दा समेत उनले पुरस्कार पाएनन् ।
तत्कालीन रूपमा शान्ति पुरस्कार छनौट समितिका अध्यक्ष तथा इतिहासविद् गेर लुन्डसेडले गान्धीको उपलब्धिलाई सम्मान गर्न नसक्ने काम नोबेल इतिहासको सबैभन्दा ठूलो भूल भएको बताएका थिए । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७