चुनाव नलड्ने सभामुख सापकोटाको घोषणा


२२ आश्विन २०७९, शनिबार
Agni 1

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले आसन्न निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन् । मनोनयन दर्ताको अघिल्लो दिन पत्रकार सम्मेलन गरेर सापकोटाले उम्मेदवारी नदिने घोषणाा गरेका हुन् ।

सापकोटाले २०६४, २०७० मा संविधानसभा सदस्य रहेका सापकोटा २०७४ मा सिन्धुपाल्चोक २ बाट चुनाव जितेका थिए । यो पटक पनि उनी आकांक्षी थिए । सत्ता गठबन्धनमा भएको यो क्षेत्र कांग्रेसको भागमा परेको छ । सिन्धुपाल्चोक १ भने माओवादीको भागमा परेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७