रुपन्देही–१ बाट स्वतन्त्र उम्मेदवारी दिने घनश्याम भुसालकाे तयारी

भुसालले उम्मेदवारी दिएमा सहयोग गर्ने सत्तारुढ गठबन्धनको तयारी


२२ आश्विन २०७९, शनिबार
Ghanashyam Bhusal

काठमाडौं । नेकपा एमाले परित्याग गरेका नेता घनश्याम भुसालले रुपन्देही–१ बाट स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेका छन् । भुसालले विद्रोह गर्ने संकेत पाएपछि सत्तारुढ गठबन्धनले पनि रुपन्देही–१ रिक्त राखेको छ ।

भुसालले उम्मेदवारी दिएमा उनको स्वतन्त्र उम्मेदवारीलाई सहयोग गर्ने गरी सत्तारुढ गठबन्धनले आन्तरिक तयारी गरेको छ । ‘उहाँलाई एमालेले होइन, व्यक्ति केपी ओलीले टिकट नपत्याएको हो । ओलीले प्रालीका रुपमा पार्टी चलाएपछि बाध्य भएर स्वतन्त्र हुन विद्रोह गर्नुभ एको हो,’ उनी निकट स्रोत भन्छ, ‘उहाँलाई सत्तारुढ गठबन्धनका केन्द्र र जिल्लास्तरका नेताहरुले सहयोगको प्रस्ताव राख्नु भएको छ । सम्भवत स्वतन्त्र उम्मेदवारी दिनेगरी आन्तरिक तयारी गरिरहनु भएको छ ।’

रुपन्देही–१ मा एमालेले पार्टी सचिव छविलाल विश्वकर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । रुपन्देही–३ बाट सिफारिस भएका भुसालले १ बाट उम्मेदवार बनाउन माग गर्दै आएका थिए ।

तर, त्यहाँ सचिव विश्वकर्मालाई टिकट दिएर भुसाल निर्वाचित क्षेत्र राप्रपाका दिपक बोहोरालाई दिनेगरी तालमेल भएपछि उनले अध्यक्ष ओलीले नियोजित रुपमै आफ्नो राजनीतिक जीवनविरुद्ध षड्यन्त्र गरेको भन्दै निकटस्थहरुसँग असन्तुष्टि पोख्दै आएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७