उम्मेदवारी दर्ताका लागि देउवा डडेल्धुरा नजाने


२३ आश्विन २०७९, आईतवार
deuwa scaled

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रतिनिधिसभा सदस्य पदको मनोनयनपत्र दर्ताका लागि गृह जिल्ला डडेल्धुरा नजाने भएका छन् । कार्य व्यस्तताका कारण उनी आइतबार डडेल्धुरा नजाने भएका हुन् ।

डडेल्धुरामा सत्ता गठबन्धनका तर्फबाट देउवा प्रतिनिधिसभातर्फ र प्रदेशसभातर्फ नेकपा (माओवादी केन्द्र) का खगराज भट्ट र नेपाली कांग्रेसका गोविन्द बोहरा उम्मेदवार बन्ने छन् ।

भट्ट र बोहरा भने आफैं उपस्थित हुनेछन् । देउवाले आफ्ना प्रतिनिधिमार्फत उम्मेदवारी दर्ता गराउने भएका छन् । देउवा पत्नी आरजु राणा देउवा भने डडेल्धुरामै छिन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७